रास्वपासँगको एकता भंग भएसँगै उज्यालो नेपालको अध्यक्ष कुलमान घिसिङ

काठमाडाैं | पुस २६, २०८२

रास्वपासँगको एकता भंग भएसँगै उज्यालो नेपालको अध्यक्ष कुलमान घिसिङ

काठमाडौं: उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। 


शनिबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो। यसअघि पार्टीको अध्यक्ष अनुप उपाध्याय हुनुहुन्थ्यो। उहाँले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि केन्द्रीय कमिटीको बैठकले उहाँको राजीनामा स्वीकृति गर्दै कुलमानलाई पार्टी अध्यक्ष नियुक्त गरेको हो। 


यो पार्टी चिम चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिँदैछ। पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ भन्ने शक्ति एक हुनुपर्छ भन्ने ध्येयले सम्पूर्ण कुरा त्यागेर एकताको सहमति गरे पनि रास्वपासँगको सहमति टिकाउन नसकिएको बताउनुभयो। 


पुस १४ गते भएको उक्त सहमति १२ दिनमै सकिएको छ।  धेरै पटकको छलफलमा सहमति कार्यान्वयनमा आफू लागेको भए पनि छलफल हिनताबोधका साथ अघि बढ्नुपरेको बताउनुभयो। अलिखित सहमति धेरै रहेको र त्यो सहमतिमा कुनै ठूलो माग नभए पनि कार्यान्वयन गर्न आफूहरु लागेको र सफल नभएको जिकिर गर्नुभयो। 


उहाँले भन्नुभयो, ‘हाम्रा साथीहरुले कुनै ठूलो डिमाण्ड राख्नुभएको थिएन। पदको ठूलो बार्गेनिङ गरियो भनेर सञ्चारमाध्यममा आएको छ, त्यो कुरा गलत हो। म आफैँ एउटा उपाध्यक्ष तर वरियता क्रममा धेरै तल  भएर पनि सहेर गएको थिएँ। मैले साधारण सदस्य भएर बस्छु, हाम्रा साथीहरु केन्द्रीय सदस्यलाई केही हेर्नुपर्छ भनेको थिएँ। ठूलो विषय थिएन। मुख्य मुद्दाका विषयहरु समावेशिता, संघीयतालाई समेट्न पूरक सम्झौता गरौँ भनेको थिएँ, तर पूरक सम्झौता हुन सकेन।’


पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति भंग भएको पनि जनाएको छ। यो बीचमा उज्यालो पार्टी नेपालले ठूलो क्षति व्यहोर्नुपरेको र सहमति भंग भएको रास्वपाले घोषणा गरेको भन्दै आपत्ति जनाउनु भयो।  

पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

थप पढ्नुहोस्

पोखरा।       गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।   शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

थप पढ्नुहोस्